Sunday, February 22, 2009

सोच्दा हुन् बुद्धले.....

के नै भयो र बुद्ध नेपालमा जन्मिएर पनि
अशान्ति र अशिक्षाको बादल छाएकोछ देशै भरि
अन्यौलको वाताबरणमा बांचेका छन् नेपालीहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

राज्य नै त्यागि जङ्गलमा गएका थिए बुद्ध
बुद्धत्वोले संसार पार्न खोजेका थिए सम्ब्रिद्ध
जङ्गलैबाट आए राज्य चलाउने राज्यकर्ताहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

जगमगायो धर्ती साह्रा लुम्बिनीको उज्यालोले
शान्तिको प्रतिक सामू हार मान्यो कालो तुँवालोले
आफ्नाको रगतमा रमाउँछन् बुद्धका नेपाली भाइहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

1 comment: