Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।