Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Thursday, September 24, 2009

अबोध सोच!!


चिन्न त चिने मैले तिमीलाई
तर तिमीले बुझन बाँकी रहेछ
आफ्नो त ठान्यो मनले तिमीलाई
तर तिमीले अप्नाउन बाँकी रहेछ

भन्न खोज्छु मनका कुरा
तर मुखमा आइ अड्कि रहेछ
पोखन खोज्छु आफ्ना भावना
तर गँठो परी अल्झि रहेछ

सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी
एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी
अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ
देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।

Thursday, July 23, 2009

अब्ष्ट्राक्ट् प्रेम !!!

आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ
आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ
न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै
तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ

कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु
सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ
तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु
कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु

Thursday, June 18, 2009

दैब बनाए जोडि एउटा कानो अर्की कोडी

मेरो जिवनको एक मात्र भुल
कोपिला मेरो प्रेम् तिमी मेरी फुल
साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा
मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।

सन्देश बोकी परेवाले सए डाँडा काटेछ
तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ
बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर
घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।

कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी
बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी
हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी
माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी

Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।


Thursday, April 16, 2009

नमस्कार

चुनाव अगी दियो भाष्ण, ठोकेर नमस्कार
जित्यो चुनाव पायो सत्ता फेरी गो भोट बेकार्
आऊथ्यो पैदल दैलोमा, गाउदै सबैको जयजयकार्
पजेरो पएर भुईमा टेकदैन, जनतलाई तिरस्कार्।।

राज्नैतीक रेशमा नेताको कुस्ति, कुर्सिको पुरस्कार्
भोक र नाङ्गा जन्ताहरुमा सँधै नै हाहाकार्
देशको गती नेताको मति, छाक टार्न मारामार्
जन्तालाई मुक्ति नेतालाई बुद्धि देखाइदेउ चमत्कार्
... ... ... ... ... ... हे प्रभु देखाइदेउ चमत्कार्।।

Saturday, March 7, 2009

सडक


आक्रोसको ज्वाला दन्केको छ
छाएको छ अशन्तिको माहोल
कलको बिऊले फैलाउँदैछ जरो
मौलाउदैछ कुक्रिती र,फेरि होमियो सडक

जुलुस र नाराले गुञ्जेकाछन् कानहरु
ढुङ्गा र मुडाको हुन्छ हानाहान
लावरीस जुत्ता र टायरको बन्यो मसानघाट
कुर्शीको युध्हमा, फेरि होमियो सडक

अश्रुग्याशले पोल्छ उस्का आँखाहरु
चिरीन्छ छाती ईँट्टाको बर्षाले
प्रहरीको डण्डा बर्षन्छ उसैमाथी
जन्तको असन्तुस्टिमा, फेरि होमियो सडक

Thursday, March 5, 2009

सुकेको पात को एक सर्को ले

मिठो सपना बनी रमाई रहेको म
कोमल किरण बनि आईदियै तिमी
हाँगामा अल्जेको पात थीए म
शीतल बताश बनि छाइदियै तिमी

कोल्टे फेर्यो जिवनको मोढ ले
एक्लै छडी हराई दियै तिमि
सुकेको पात को एक सर्को ले
बर्णन गर्छ मेरो सम्पुर्न जिवनी।

Sunday, February 22, 2009

सोच्दा हुन् बुद्धले.....

के नै भयो र बुद्ध नेपालमा जन्मिएर पनि
अशान्ति र अशिक्षाको बादल छाएकोछ देशै भरि
अन्यौलको वाताबरणमा बांचेका छन् नेपालीहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

राज्य नै त्यागि जङ्गलमा गएका थिए बुद्ध
बुद्धत्वोले संसार पार्न खोजेका थिए सम्ब्रिद्ध
जङ्गलैबाट आए राज्य चलाउने राज्यकर्ताहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

जगमगायो धर्ती साह्रा लुम्बिनीको उज्यालोले
शान्तिको प्रतिक सामू हार मान्यो कालो तुँवालोले
आफ्नाको रगतमा रमाउँछन् बुद्धका नेपाली भाइहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

Thursday, February 12, 2009

जुन जोगी आएनी कानै चिरीएका

देश चलाउन आए मावोबदी नेता।
देशलाई बनाए न यता न उता।।
जनतालाई देखाए तिनले ठुलो आस।
नेताको चालाले जनता भए फेरि हताहाष।।

सरकारमा जो आऊन्छ चड्यो उसले गाडी।
प्रचन्ड पनि के कम, दिए तेस्लाई दोर्याई।।
प्रमले चडे एक करोडको गडी सररर।
दुई करोड जनता रोए फेरि धररर।।

नेपालको राजनती हो की, हो यो ढुकिटी।
जुनै सरकारले पनि पार्छ जनतालाई सुकुटी।।
नया सरकारबाट जनताले नया नेपाल हेरेका।
नेपालको रजनिती 'जुन जोगी आएनी कानै चिरीएका'।।