Thursday, July 23, 2009

अब्ष्ट्राक्ट् प्रेम !!!

आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ
आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ
न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै
तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ

कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु
सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ
तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु
कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु