Thursday, December 31, 2009

नसम्जाई देउ मलाई

रम्न देउ मलाई मेरा भावनामा
अनगिन्ती चोट अनी गाउहरुमा
बाँच्न देउ मलाई मेरा कल्पनामा
टुक्रिएका र झुत्रिएका सोप्नहरुमा

भुल्न देउ मलाई मेरा मदहोशिमा
बिलाशि अनी बेहोशिहरुमा
बितन देउ मेरा रात एकान्तमा
अन्धकारमा अल्जिएक पर्तिबिम्बहरुमा

शिर्सक बिनाको रचना!!!

दोर्याउन चाहान्न म ति गल्तिहरु
अन्जानमा मैले गरिसकेँ
रित्याउन चाहान्न मेरा यि आँखाहरु
यिन्लाई खुसीले भरीसकेँ

नभिजाइदेउ फेरि मेरा यी आँखाहरु
जस्लाई मैले पुछिसकेँ
नकोट्याई देउ मेरा ती घाउहरु
तिनीहरु ऐले सुकिसके

Friday, November 13, 2009

यादेँ


आप आए मेरे ख्वाबोमे
सपनोमे छाए हो बाहरोमे
दिलकि हर धड्कनो मे
सासोँ मे हो हवा मे
बास आपिहो मेरे हर् दिशाओँमे


लिए जा राहाहुँ
आकेले
जिए जा राहाहुँ
आकेले

बस ढुंडरहा हुं आपको इन् फिजावोमे।

Thursday, September 24, 2009

अबोध सोच!!


चिन्न त चिने मैले तिमीलाई
तर तिमीले बुझन बाँकी रहेछ
आफ्नो त ठान्यो मनले तिमीलाई
तर तिमीले अप्नाउन बाँकी रहेछ

भन्न खोज्छु मनका कुरा
तर मुखमा आइ अड्कि रहेछ
पोखन खोज्छु आफ्ना भावना
तर गँठो परी अल्झि रहेछ

सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी
एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी
अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ
देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।

Thursday, September 3, 2009

अर्थ !!

अनगिन्ती दु:ख त जीवनमा छदैछ
तर सुखको पल एक चोटी मात्र आउंछ
चिन्छ जस्ले, जिवनको आन्न्द पाउंछ
चिन्दैन जस्ले, आफ्नो सम्पुर्ण जिवन गुमाउंछ

खुसीका पलहरु भले सानै किन नहोस
तर त्यस्ले मनलाई हर्षित बनाउंछ
ठुलोको आसाम बांच्नेहरुको हातमा
अन्तत, केवल शुन्यता मात्र आउछ

आडिशेको मन र कुबेरको धन
कस्ले पो रित्याउन सक्छ होला
स-साना खुसीलाई अङ्गाल्दै हिँड
सफ्ल पाउनेछौ आफ्नो मानव चोला।

Thursday, July 23, 2009

अब्ष्ट्राक्ट् प्रेम !!!

आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ
आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ
न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै
तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ

कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु
सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ
तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु
कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु

Thursday, June 18, 2009

दैब बनाए जोडि एउटा कानो अर्की कोडी

मेरो जिवनको एक मात्र भुल
कोपिला मेरो प्रेम् तिमी मेरी फुल
साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा
मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।

सन्देश बोकी परेवाले सए डाँडा काटेछ
तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ
बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर
घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।

कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी
बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी
हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी
माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी

Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।


Thursday, April 16, 2009

नमस्कार

चुनाव अगी दियो भाष्ण, ठोकेर नमस्कार
जित्यो चुनाव पायो सत्ता फेरी गो भोट बेकार्
आऊथ्यो पैदल दैलोमा, गाउदै सबैको जयजयकार्
पजेरो पएर भुईमा टेकदैन, जनतलाई तिरस्कार्।।

राज्नैतीक रेशमा नेताको कुस्ति, कुर्सिको पुरस्कार्
भोक र नाङ्गा जन्ताहरुमा सँधै नै हाहाकार्
देशको गती नेताको मति, छाक टार्न मारामार्
जन्तालाई मुक्ति नेतालाई बुद्धि देखाइदेउ चमत्कार्
... ... ... ... ... ... हे प्रभु देखाइदेउ चमत्कार्।।

Saturday, March 7, 2009

सडक


आक्रोसको ज्वाला दन्केको छ
छाएको छ अशन्तिको माहोल
कलको बिऊले फैलाउँदैछ जरो
मौलाउदैछ कुक्रिती र,फेरि होमियो सडक

जुलुस र नाराले गुञ्जेकाछन् कानहरु
ढुङ्गा र मुडाको हुन्छ हानाहान
लावरीस जुत्ता र टायरको बन्यो मसानघाट
कुर्शीको युध्हमा, फेरि होमियो सडक

अश्रुग्याशले पोल्छ उस्का आँखाहरु
चिरीन्छ छाती ईँट्टाको बर्षाले
प्रहरीको डण्डा बर्षन्छ उसैमाथी
जन्तको असन्तुस्टिमा, फेरि होमियो सडक

Thursday, March 5, 2009

सुकेको पात को एक सर्को ले

मिठो सपना बनी रमाई रहेको म
कोमल किरण बनि आईदियै तिमी
हाँगामा अल्जेको पात थीए म
शीतल बताश बनि छाइदियै तिमी

कोल्टे फेर्यो जिवनको मोढ ले
एक्लै छडी हराई दियै तिमि
सुकेको पात को एक सर्को ले
बर्णन गर्छ मेरो सम्पुर्न जिवनी।

Sunday, February 22, 2009

सोच्दा हुन् बुद्धले.....

के नै भयो र बुद्ध नेपालमा जन्मिएर पनि
अशान्ति र अशिक्षाको बादल छाएकोछ देशै भरि
अन्यौलको वाताबरणमा बांचेका छन् नेपालीहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

राज्य नै त्यागि जङ्गलमा गएका थिए बुद्ध
बुद्धत्वोले संसार पार्न खोजेका थिए सम्ब्रिद्ध
जङ्गलैबाट आए राज्य चलाउने राज्यकर्ताहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

जगमगायो धर्ती साह्रा लुम्बिनीको उज्यालोले
शान्तिको प्रतिक सामू हार मान्यो कालो तुँवालोले
आफ्नाको रगतमा रमाउँछन् बुद्धका नेपाली भाइहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

Thursday, February 12, 2009

जुन जोगी आएनी कानै चिरीएका

देश चलाउन आए मावोबदी नेता।
देशलाई बनाए न यता न उता।।
जनतालाई देखाए तिनले ठुलो आस।
नेताको चालाले जनता भए फेरि हताहाष।।

सरकारमा जो आऊन्छ चड्यो उसले गाडी।
प्रचन्ड पनि के कम, दिए तेस्लाई दोर्याई।।
प्रमले चडे एक करोडको गडी सररर।
दुई करोड जनता रोए फेरि धररर।।

नेपालको राजनती हो की, हो यो ढुकिटी।
जुनै सरकारले पनि पार्छ जनतालाई सुकुटी।।
नया सरकारबाट जनताले नया नेपाल हेरेका।
नेपालको रजनिती 'जुन जोगी आएनी कानै चिरीएका'।।

Sunday, February 8, 2009

"श्री" नम्बर कती?


"न्याय नपाए गोरखा जानु" भन्ने किम्बदन्तिबाट सुरु भएको नेपालको 'श्री ५'को पद राजा ज्ञानेन्द्रमा आइ समाप्त भएको छ। बडा माहाराज श्री ५ प्रिथ्वीनारायण शाहा द्वारा सुरु गरिएको नेपालको एकीकरणलाई उनका छोरा बहादुर शाहले बिशल रुप दीएका थिए। शाह परिवारको यत्रो योग्दानलाई नेपालीले कहील्यै पनि भुल्ने छैनन्। यस योग्दानका वापत् होला नेपाली जनताले शाहा परिवारलाई श्री ५ को समानजनक पदले सम्मानित गरेक। यसैगरी बि सं १९०३ मा प्रधानमन्त्रि जङ्गबाहादुर राणाले आफ्ना सात भाइका सहायताले १०४ बर्षे लामो एकलौटी 'श्री'३ शासनको स्थापना गरेका थिए। श्री ५ होस या श्री ३ दुबैको शासन प्रणाली एकै प्रकारको थियो; 'नतावाद र क्रिपावाद'। परापुर्वककाल देखिनै नेपालको शासनको मुल मन्त्र नातवाद रहेको छ। श्री ५ को बिंडो छोरा नतिमा दीइयो र त्यसै गरि श्री ३ को भाइहरुमा सुम्पियो। यती मात्र होइन सम्पुर्ण ठुला तवरका सरकारी वोहदाहरु पनि आफ्ना नाता कुटुम्बमा नै सिमीत गरियो।

शाहा बंशले श्री ५ पदको सम्मान पाउनकालगि निकै सङगर्स गारी स-साना राज्यहरुलाई एक्क्रित परी बिशाल नेपालको निर्माण गरेको थिए। नेपाल एकिकरणको दौरनमा शाह पविवरले धेरै युद्धहरु लडेका थिए, हजारैं मरेका थिए भने लखैंलाई मरेका पनि थिए। यत्रो रक्तपात र दु:ख गरि नेपाल बनएको बदलामा नेपालि जनताले पुरा १३ पुस्तालाई नै श्री ५ ले सम्मनित गरेका थिए। सोही प्रकारले बि सं १९०३मा भिषण कोत पर्वको रचना गरि राणाहरुले रगतको अक्षरमा श्री ३ आफ्नो नामको अगाडी लेखेका थिए। हुनत राणा सरकारलाई जनताहरुले यो पदवी दिएका भने होइन। 'अरुले तँपाईं नभने पनि आफैं मपाईं गर्छु' भन्दै राणाहरुले श्री ३ को पदक आफ्नो नामको आगाडी झुन्डयाएका थिए, तर पनि जनताले यसलाई शिरोपर गरेका थिए। आफ्नो मावोलीलाई त नछोडी रगतको खोलो बगाएर जंगबहादुरले कोत पर्वबाट आर्जेको श्री ३ लाई निमुखा जनताले कसरी नकार्न सक्थे र।

अब प्रशन उठ्छ वर्तमान सरकार 'श्री' को योग्य छकि छैन त? अतित्को पाना पल्टाएर हेर्दा; श्री ५ को लागी ठुलो युद्ध भयो। बाइसे र तेहिसे स-साना राज्याका हजारैं मारिए र शाह-हरुले एकछत्र नेपालमा श्री ५ को झण्डा फर्फराए। श्री ३ को लागी राणाहरुले पनि कोतमा रगतको होली खेल्दै एकलौटी तानाशाही सरकारको चक्रबिउ रचे। दुबै सरकरले सत्तामा आफ्ना मान्छे मात्र राखे। दुबै सरकार एकै मुल मन्त्रको जप्थे: "मै खाउँ मै लाउँ, सबसुख-सयल मोज मै गरैं"।
यस्तै गुणले ओत्प्रोत् भै तत्कलिन माओवादि सरकार पनि सत्तामा आएको छ। यो सरकर पनि ठुलो जन युद्धबाटा सत्ताम पुगेको हो। यिनीहरुले पनि भयङ्कर् ठुलि ग्रिह युद्ध रचेर ब्यापक रुपमा नेपालीको रगत बगाएका थिए। यो सरकारले पनि सतामा आउन-नपाई आफ्नो नाता कुटुम्बको लामो लिस्ट नै सरकारमा हुलेको छ। फरक यति मात्र छकि शाह र राणा सरकारमा मात्र एउट परिवरको मात्र बर्चस्वो रहेको थियो। तर माओवादि सरकरमा भने एक नभै दुई परिवार 'दाहाल' र 'भट्टराई'परिवरको हैक्म छ।

मावोवादि सरकारको त्यग र बलीदानको कदर नेपाली जनताले गरेक भने छैनन्। यो सरकारको यति ठुलो योग्दानको नेपाली जनताले सम्मान गर्नु पर्नेहो। पहिलेका दुई परिवार सरह यो दुई परिवरलाई पानि 'श्री' पदले स-समानित गर्नु पर्छ ज्सतोलाग्छ। कैयैं बर्ष भुमिगत रही सत्तमा आउननपाई सरकारलाई आफ्नो नाता कुटुम्बाले झकिझकाउ पर्दा पनि के मावोवादिका खम्बा 'दाहाल' र 'भट्टराई'नया श्री को योग्य छैनन् त? अवस्य छन्। 'श्री २ पुष्पकमल(प्रचण्ड) दाहाल' र 'श्री १ बाबुरम भट्टराई' को स्वगत नेपाली जनताले खुल्ला ह्रिदय ले गर्नुपर्छ।

Monday, January 26, 2009

"नया नेपालको निर्माण !!!"


दुई करोड नेपलिको एउटै चहाना थीयो सुनौलो र नया नेपालको निर्माण। जस्को आधार्भुत् बन्यो साम्भैधानिक् चुनाब। चुनबिक् विजय को शीलान्यास् राज्यशत्ताको प्द्धचुत बाट भयो। नाय नेपलाको कथावस्तु लेख्न्नको निम्ती लेखकहरुको होडबजि चल्यो। सुतेका उठेका, बसेका जङ्ग्ल पसेका,रङ्गी-चङ्गी सबै किशमका रज्नैतीक दलहरु मैदानमा आए। जनताको मन जितन दालहरु आफ्नो कलाको प्रदर्शनि गर्न सङ्घर्षराथ् भए। तर,निशानाभै होमीन पुगे युवा पुस्ता। कलम र चकको सट्टामा इट्टा र ढुङ्गा; र कालोपटीको बिलल्पको रुपमा नाम मत्रको कलोपत्रे सडकको प्रयोग गरियो। सडकमा नाआएकाले भने गोलीको बोलीम जनताको रगतले होलि खेल्दै आफ्नो तान्डभ देखाए। यसरी बनायीएको नेपाल चलाउनु आफैमा एक चुनौती पुर्ण कार्य थीयो जस्का लगी धेरै नै अनुभव र साहसको आवस्क्ता पर्छ।

शर्बमत् बिजेता दलको अशिम् अनुम्कम्पाले उपबिजेता पाटीबटा राष्ट्रपतिको नीउक्ती गरिन्छ जस्को कार्य नेपाललाई चलाउनी थीयो। तर, आफु शर्बमात् बिजएता भएर पनि नया नेपाल नामक सवरीसेवाको खलाशी बन्न रुचाउँछ। लाटलाई पापा दिँदा जशरि खुसीहुन्छ तेसैगरी नेपलीहरु दङ्ग पर्दै बस्छन् तमाशा हेर्न थल्छन्। नया नेपाल के हो र त्यसको गन्तब्य कता हो त्यो कुराको ज्ञान कसैलाई पनि थीएन। नाया नेपालको सेवा र परिकल्पनाहरु सबै पार्दशी हुने आष्वासन् जनताहरुमा जनाईन्छ। यस सेवाको प्रमुख एजेन्डा थीयो नेपाललाई पुन ढुङ्गे युगकै पालाको जस्तै गरि पुनर निर्मण गर्ने।

श्री गणेशाय नम: “Let’s Take The Nepal Back to The STONE AGE”.
यानिकी नेपाललाई पुन पहिलेको ढुङ्गे युगमा धकेलौं, पुन अन्धकारमा घचेढौं। जस्को ज्वलन्त उदाहरणको रुपमा देखिन्छ दैनिकी १४ देखि १६ घन्टाको बिजुली कटौती। २१शौं सताप्दीमा बिकाशको प्रमुख आधरभुत मानिने बिजुली नै नभएपछी केपो आशा गर्न सकिन्छ र? तत्कलिन् अवस्थामा बिस्व द्रुत् गतीमा बिकाशतिर लम्कि रहेकोछ त्यो समयमा बिजुली बत्ती बिनाको सन्सर नेपालीहरु भोगी रहेकछन्। जुन देश जलशोर्तको धनी मनिन्छ त्यो देशमा दैनीक १४ देखी १६ घ
न्टाको “Practical Joke” ले सरकार हिँड्दैछ। देश बिकशको प्रमुख आधरभुत प्रयोग नै नगरेपछी साच्चीकैमा नेपाला ढुङ्गे युगमा पुग्न कति बेर लाग्छ र।

जापान,अंमेरिक,बेलायत लगायतका
न्य राष्ट्रहरु अन्तरिक्क्ष भ्रमण गर्ने यानहरुको निर्माणमा लगेका छन्। जो धर्तीमा मात्र नभै आकाशमा हवै पुल को र समुन्द्रा मुनि टनल सडकको निर्मण गरि रहेक छन्। यता नेपालमा भएक सडकको पनि रम्रो सुधार हुन सकिरहेको छैन्। सडकमा प्वाल नै प्वालको रजाईं छ। त्यस माथि पेट्रोलीयमको भाउले आकाश चुम्न लगि सक्यो। सो को अवभमा सरकर सवारीसधान चलानमा बन्धेज लगाउँदै छ। ब त्यो दिन टाडा छैन जब सम्पुर्ण नेपाली जनताहरु आधुनिक् सवारी साधन् छोडी पुन घोडा पाल्न र चड्न बेर लाउदैन्न। यतिको बिकाश भए पछि त कलोपत्रमा प्वाल टालिएको होइन बारु साडकनै देखन पाईदैन। केबल धुङ्गा र मटोले भरीएको घोडा कुदने घोडेटो मात्र हुन्छ। यती गरि सके पछित नेपाल अवश्य नै ढुङ्गे युगम पुगीहल्यो नी।
अन्तरिक्क्ष छुनि होडबजीमा त नेपाल निकै पहिले देखि नै थियो। तर बैज्ञानिक उपलब्धीले होइन, बरु मट्टितेल र ग्यसको चर्को भाउले हो। पहिलेको सरकरले पनि भाउ त अकाशेको त त्यो, तर पनी नेपालीले चोर
बुद्धि लगाएर ईलेक्ट्रिक हिटरमा भात पकाउंथे। '……कसरि!!! घरको छानाबाट फलमको छड्के परेर।' यसै कुरालाई मध्य नजर गरी नया सरकरले दैनिकी १४ देखि १६ घन्टा बिजुली नै नचम्कनी पर्देको हुन्क्सक्छ।

सरकार “लौ पकाव भात अब!!! तेरीमा चोर भातमार जन्ता हो। बिगतको सरकारले घुस खाइ खाइ बिदेशी राष्ट्रहरुको आखँमा धुलो हलि हलि १० गुना सानो बनाईएको हाय्ड्रोइलेक्ट्रिक प्लान्टबाट आएको बिजुली चोर्नि तिमीहरु। तिमीहरुलाई त जनावरलाई जस्तै घाँस खान्दिनुपर्छ। लौ जात १६ घन्टे बिजुली शेवा अब हेरम पकाको भात।”

हुनपनि होनि ‘हरीयो बन नेपालको धन्’; अब देशलाइ ढुङ्गे युगमा पुर्याउनी भनेपछि बनबाट दाउरा ल्याउनी अनि खन पकाउनी!!! मट्टितेल छैन ग्यास पनि छैन बिजुली बत्तिको त खोइ आस पनि रहेन।

कुरा गरौ अब नेपालको सुरक्क्षा (छ्या छ्या छ्या)। जुन सरकारको जग नै हत्या के देला तेस्ले नेपालीको छोरा-छोरीको सुरक्क्षा। दैनिकी ‘बालबालीकहरु हरएको र पौसाकोलगी तिन्को हत्या
’ खबरमा आउँछ। कता हरयो नेपालको शान्ति? कता गयो नया नेपालका नया पूस्ताको रक्क्षा? जङग्लमा हुंदा क्रान्तिको नाममा मारिए अब केका निम्ति मारिदैछन् त नेपालका युवा पूस्ता। कता गयो जिउ धनको सुरक्क्षा? सायद केही समय पछी नेपलका बुढा बुढीहरुलाई मर्ने बेलामा गङ्गा जल खुवाउन पनि कोही हुँदैन्न होल। पढेलेखेका जति बिदेशीए, बचेकूचेका क्रन्तिको आगोम होमिए र पलाउन लगेक साना पालुवहरु अपहरण् भै पैसाकोलगि मारिदैछन् । गङ्गा जल खान त परैको कुर शायद् बुढा बुढीहरुलाई मर्न र डढ्न पनि मिल्छकी मिल्दैन? आफैं जल खन्छु र आफै पोलीन जन्छु भन्दा पनी उनिहरुलाइ सुख छैन। पबित्र बग्मती परिवर्तन भै ढलमती भएकोछ। मरेपछी पोल्नलानी आर्याघाट 'पूजारि परिवर्तन कुस्ती अखाडा' भएको छ। रष्ट्रिय देवता र नेपालको शनातन धर्ममा त परिवर्तन् आएपछी भएनत नया नेपाल? जनताको त परीजावोस भगवन 'श्री पशुपतीनाथको' त सुरक्क्षा नभएपछि बनेनत नया नेपल?