Thursday, September 24, 2009

अबोध सोच!!


चिन्न त चिने मैले तिमीलाई
तर तिमीले बुझन बाँकी रहेछ
आफ्नो त ठान्यो मनले तिमीलाई
तर तिमीले अप्नाउन बाँकी रहेछ

भन्न खोज्छु मनका कुरा
तर मुखमा आइ अड्कि रहेछ
पोखन खोज्छु आफ्ना भावना
तर गँठो परी अल्झि रहेछ

सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी
एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी
अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ
देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।

Thursday, September 3, 2009

अर्थ !!

अनगिन्ती दु:ख त जीवनमा छदैछ
तर सुखको पल एक चोटी मात्र आउंछ
चिन्छ जस्ले, जिवनको आन्न्द पाउंछ
चिन्दैन जस्ले, आफ्नो सम्पुर्ण जिवन गुमाउंछ

खुसीका पलहरु भले सानै किन नहोस
तर त्यस्ले मनलाई हर्षित बनाउंछ
ठुलोको आसाम बांच्नेहरुको हातमा
अन्तत, केवल शुन्यता मात्र आउछ

आडिशेको मन र कुबेरको धन
कस्ले पो रित्याउन सक्छ होला
स-साना खुसीलाई अङ्गाल्दै हिँड
सफ्ल पाउनेछौ आफ्नो मानव चोला।

Thursday, July 23, 2009

अब्ष्ट्राक्ट् प्रेम !!!

आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ
आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ
न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै
तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ

कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु
सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ
तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु
कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु

Thursday, June 18, 2009

दैब बनाए जोडि एउटा कानो अर्की कोडी

मेरो जिवनको एक मात्र भुल
कोपिला मेरो प्रेम् तिमी मेरी फुल
साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा
मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।

सन्देश बोकी परेवाले सए डाँडा काटेछ
तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ
बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर
घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।

कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी
बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी
हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी
माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी

Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।


Thursday, April 16, 2009

नमस्कार

चुनाव अगी दियो भाष्ण, ठोकेर नमस्कार
जित्यो चुनाव पायो सत्ता फेरी गो भोट बेकार्
आऊथ्यो पैदल दैलोमा, गाउदै सबैको जयजयकार्
पजेरो पएर भुईमा टेकदैन, जनतलाई तिरस्कार्।।

राज्नैतीक रेशमा नेताको कुस्ति, कुर्सिको पुरस्कार्
भोक र नाङ्गा जन्ताहरुमा सँधै नै हाहाकार्
देशको गती नेताको मति, छाक टार्न मारामार्
जन्तालाई मुक्ति नेतालाई बुद्धि देखाइदेउ चमत्कार्
... ... ... ... ... ... हे प्रभु देखाइदेउ चमत्कार्।।