Thursday, December 31, 2009

नसम्जाई देउ मलाई

रम्न देउ मलाई मेरा भावनामा
अनगिन्ती चोट अनी गाउहरुमा
बाँच्न देउ मलाई मेरा कल्पनामा
टुक्रिएका र झुत्रिएका सोप्नहरुमा

भुल्न देउ मलाई मेरा मदहोशिमा
बिलाशि अनी बेहोशिहरुमा
बितन देउ मेरा रात एकान्तमा
अन्धकारमा अल्जिएक पर्तिबिम्बहरुमा

शिर्सक बिनाको रचना!!!

दोर्याउन चाहान्न म ति गल्तिहरु
अन्जानमा मैले गरिसकेँ
रित्याउन चाहान्न मेरा यि आँखाहरु
यिन्लाई खुसीले भरीसकेँ

नभिजाइदेउ फेरि मेरा यी आँखाहरु
जस्लाई मैले पुछिसकेँ
नकोट्याई देउ मेरा ती घाउहरु
तिनीहरु ऐले सुकिसके