Friday, December 31, 2010

झरी


भने मैले नझरीदेन ए झरी
सोध्यो मलाई उस्ले कसरी।।
भने मैले आँखा नऊगारि यसरी
बर्षी रहेछस् तँ ऐले जसरी।।

गडगडायी बडबडायी गर्ज्यो ऊ फेरी
करयो आक्रोशमा चम्कायी बिजुली।।
मडारी ल्यायो कालो लपटोमा बेरी
रिशका दाना सरह बर्षायो बेसरी।।

तेरो जलका दानाले पालुवा पलाउँछ
बन्जर माटोमा पनि फुल फलाउंछ।।
रिशमा उन्मत्त आज बिनाशि भै यसरी
बर्षी रहेछस् किन तँ ऐले जसरी।।