
आक्रोसको ज्वाला दन्केको छ
छाएको छ अशन्तिको माहोल
कलको बिऊले फैलाउँदैछ जरो
मौलाउदैछ कुक्रिती र,फेरि होमियो सडक
जुलुस र नाराले गुञ्जेकाछन् कानहरु
ढुङ्गा र मुडाको हुन्छ हानाहान
लावरीस जुत्ता र टायरको बन्यो मसानघाट
कुर्शीको युध्हमा, फेरि होमियो सडक
अश्रुग्याशले पोल्छ उस्का आँखाहरु
चिरीन्छ छाती ईँट्टाको बर्षाले
प्रहरीको डण्डा बर्षन्छ उसैमाथी
जन्तको असन्तुस्टिमा, फेरि होमियो सडक
हैन हाम्रो देशको हालत सधैं यस्तै हो कि क्या हो अब?
ReplyDeleteघरमा झगडा परे सडकमा जाऔँ
ReplyDelete'जिन्दावाद' 'मुर्दावाद' नारा लाऔँ
सबले विरोध गर्न पा'छ
ऐले देशमा लोकतन्त्र आ'छ
पूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
लोकतन्त्रले गर्दा केवल नारै मात्र बड्यो
ReplyDeleteकाम धाम छैन, बेरोजगारिले जरो गाड्यो
जङ्गलाबाटा आएकाहरुले करैंडै पर्ने गाडि चड्यो।।
देशको बिकाशभाको छैन सडकमात्र डड्यो