Thursday, September 3, 2009

अर्थ !!

अनगिन्ती दु:ख त जीवनमा छदैछ
तर सुखको पल एक चोटी मात्र आउंछ
चिन्छ जस्ले, जिवनको आन्न्द पाउंछ
चिन्दैन जस्ले, आफ्नो सम्पुर्ण जिवन गुमाउंछ

खुसीका पलहरु भले सानै किन नहोस
तर त्यस्ले मनलाई हर्षित बनाउंछ
ठुलोको आसाम बांच्नेहरुको हातमा
अन्तत, केवल शुन्यता मात्र आउछ

आडिशेको मन र कुबेरको धन
कस्ले पो रित्याउन सक्छ होला
स-साना खुसीलाई अङ्गाल्दै हिँड
सफ्ल पाउनेछौ आफ्नो मानव चोला।

2 comments:

  1. साह्रै सकरात्मक सोच र निकै उच्च मुल्याङकन जीबनको ।।

    ReplyDelete
  2. मिठो कवितामा जीवनको अर्थ सही ढंगले प्रस्तुत गरेको पाए मैले पनि ।

    ReplyDelete