Sunday, February 22, 2009

सोच्दा हुन् बुद्धले.....

के नै भयो र बुद्ध नेपालमा जन्मिएर पनि
अशान्ति र अशिक्षाको बादल छाएकोछ देशै भरि
अन्यौलको वाताबरणमा बांचेका छन् नेपालीहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

राज्य नै त्यागि जङ्गलमा गएका थिए बुद्ध
बुद्धत्वोले संसार पार्न खोजेका थिए सम्ब्रिद्ध
जङ्गलैबाट आए राज्य चलाउने राज्यकर्ताहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

जगमगायो धर्ती साह्रा लुम्बिनीको उज्यालोले
शान्तिको प्रतिक सामू हार मान्यो कालो तुँवालोले
आफ्नाको रगतमा रमाउँछन् बुद्धका नेपाली भाइहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

Thursday, February 12, 2009

जुन जोगी आएनी कानै चिरीएका

देश चलाउन आए मावोबदी नेता।
देशलाई बनाए न यता न उता।।
जनतालाई देखाए तिनले ठुलो आस।
नेताको चालाले जनता भए फेरि हताहाष।।

सरकारमा जो आऊन्छ चड्यो उसले गाडी।
प्रचन्ड पनि के कम, दिए तेस्लाई दोर्याई।।
प्रमले चडे एक करोडको गडी सररर।
दुई करोड जनता रोए फेरि धररर।।

नेपालको राजनती हो की, हो यो ढुकिटी।
जुनै सरकारले पनि पार्छ जनतालाई सुकुटी।।
नया सरकारबाट जनताले नया नेपाल हेरेका।
नेपालको रजनिती 'जुन जोगी आएनी कानै चिरीएका'।।

Sunday, February 8, 2009

"श्री" नम्बर कती?


"न्याय नपाए गोरखा जानु" भन्ने किम्बदन्तिबाट सुरु भएको नेपालको 'श्री ५'को पद राजा ज्ञानेन्द्रमा आइ समाप्त भएको छ। बडा माहाराज श्री ५ प्रिथ्वीनारायण शाहा द्वारा सुरु गरिएको नेपालको एकीकरणलाई उनका छोरा बहादुर शाहले बिशल रुप दीएका थिए। शाह परिवारको यत्रो योग्दानलाई नेपालीले कहील्यै पनि भुल्ने छैनन्। यस योग्दानका वापत् होला नेपाली जनताले शाहा परिवारलाई श्री ५ को समानजनक पदले सम्मानित गरेक। यसैगरी बि सं १९०३ मा प्रधानमन्त्रि जङ्गबाहादुर राणाले आफ्ना सात भाइका सहायताले १०४ बर्षे लामो एकलौटी 'श्री'३ शासनको स्थापना गरेका थिए। श्री ५ होस या श्री ३ दुबैको शासन प्रणाली एकै प्रकारको थियो; 'नतावाद र क्रिपावाद'। परापुर्वककाल देखिनै नेपालको शासनको मुल मन्त्र नातवाद रहेको छ। श्री ५ को बिंडो छोरा नतिमा दीइयो र त्यसै गरि श्री ३ को भाइहरुमा सुम्पियो। यती मात्र होइन सम्पुर्ण ठुला तवरका सरकारी वोहदाहरु पनि आफ्ना नाता कुटुम्बमा नै सिमीत गरियो।

शाहा बंशले श्री ५ पदको सम्मान पाउनकालगि निकै सङगर्स गारी स-साना राज्यहरुलाई एक्क्रित परी बिशाल नेपालको निर्माण गरेको थिए। नेपाल एकिकरणको दौरनमा शाह पविवरले धेरै युद्धहरु लडेका थिए, हजारैं मरेका थिए भने लखैंलाई मरेका पनि थिए। यत्रो रक्तपात र दु:ख गरि नेपाल बनएको बदलामा नेपालि जनताले पुरा १३ पुस्तालाई नै श्री ५ ले सम्मनित गरेका थिए। सोही प्रकारले बि सं १९०३मा भिषण कोत पर्वको रचना गरि राणाहरुले रगतको अक्षरमा श्री ३ आफ्नो नामको अगाडी लेखेका थिए। हुनत राणा सरकारलाई जनताहरुले यो पदवी दिएका भने होइन। 'अरुले तँपाईं नभने पनि आफैं मपाईं गर्छु' भन्दै राणाहरुले श्री ३ को पदक आफ्नो नामको आगाडी झुन्डयाएका थिए, तर पनि जनताले यसलाई शिरोपर गरेका थिए। आफ्नो मावोलीलाई त नछोडी रगतको खोलो बगाएर जंगबहादुरले कोत पर्वबाट आर्जेको श्री ३ लाई निमुखा जनताले कसरी नकार्न सक्थे र।

अब प्रशन उठ्छ वर्तमान सरकार 'श्री' को योग्य छकि छैन त? अतित्को पाना पल्टाएर हेर्दा; श्री ५ को लागी ठुलो युद्ध भयो। बाइसे र तेहिसे स-साना राज्याका हजारैं मारिए र शाह-हरुले एकछत्र नेपालमा श्री ५ को झण्डा फर्फराए। श्री ३ को लागी राणाहरुले पनि कोतमा रगतको होली खेल्दै एकलौटी तानाशाही सरकारको चक्रबिउ रचे। दुबै सरकरले सत्तामा आफ्ना मान्छे मात्र राखे। दुबै सरकार एकै मुल मन्त्रको जप्थे: "मै खाउँ मै लाउँ, सबसुख-सयल मोज मै गरैं"।
यस्तै गुणले ओत्प्रोत् भै तत्कलिन माओवादि सरकार पनि सत्तामा आएको छ। यो सरकर पनि ठुलो जन युद्धबाटा सत्ताम पुगेको हो। यिनीहरुले पनि भयङ्कर् ठुलि ग्रिह युद्ध रचेर ब्यापक रुपमा नेपालीको रगत बगाएका थिए। यो सरकारले पनि सतामा आउन-नपाई आफ्नो नाता कुटुम्बको लामो लिस्ट नै सरकारमा हुलेको छ। फरक यति मात्र छकि शाह र राणा सरकारमा मात्र एउट परिवरको मात्र बर्चस्वो रहेको थियो। तर माओवादि सरकरमा भने एक नभै दुई परिवार 'दाहाल' र 'भट्टराई'परिवरको हैक्म छ।

मावोवादि सरकारको त्यग र बलीदानको कदर नेपाली जनताले गरेक भने छैनन्। यो सरकारको यति ठुलो योग्दानको नेपाली जनताले सम्मान गर्नु पर्नेहो। पहिलेका दुई परिवार सरह यो दुई परिवरलाई पानि 'श्री' पदले स-समानित गर्नु पर्छ ज्सतोलाग्छ। कैयैं बर्ष भुमिगत रही सत्तमा आउननपाई सरकारलाई आफ्नो नाता कुटुम्बाले झकिझकाउ पर्दा पनि के मावोवादिका खम्बा 'दाहाल' र 'भट्टराई'नया श्री को योग्य छैनन् त? अवस्य छन्। 'श्री २ पुष्पकमल(प्रचण्ड) दाहाल' र 'श्री १ बाबुरम भट्टराई' को स्वगत नेपाली जनताले खुल्ला ह्रिदय ले गर्नुपर्छ।