
आक्रोसको ज्वाला दन्केको छ
छाएको छ अशन्तिको माहोल
कलको बिऊले फैलाउँदैछ जरो
मौलाउदैछ कुक्रिती र,फेरि होमियो सडक
जुलुस र नाराले गुञ्जेकाछन् कानहरु
ढुङ्गा र मुडाको हुन्छ हानाहान
लावरीस जुत्ता र टायरको बन्यो मसानघाट
कुर्शीको युध्हमा, फेरि होमियो सडक
अश्रुग्याशले पोल्छ उस्का आँखाहरु
चिरीन्छ छाती ईँट्टाको बर्षाले
प्रहरीको डण्डा बर्षन्छ उसैमाथी
जन्तको असन्तुस्टिमा, फेरि होमियो सडक