
चिन्न त चिने मैले तिमीलाई
तर तिमीले बुझन बाँकी रहेछ
आफ्नो त ठान्यो मनले तिमीलाई
तर तिमीले अप्नाउन बाँकी रहेछ
भन्न खोज्छु मनका कुरा
तर मुखमा आइ अड्कि रहेछ
पोखन खोज्छु आफ्ना भावना
तर गँठो परी अल्झि रहेछ
सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी
एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी
अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ
देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।