Friday, April 22, 2011

यादेँ II

बिते हुये लम्हेको याद कर आज
पल पल ख्वाबकी तरहा आये
वो पल ही नारहा आबतो साथ
जेसे छुटता जिस्मसे रुह जाये

गुजरे लम्होँके शाखसे जेसे
कोही पल चुप्केसे चुरालाउँ
बिते बच्पनके वो यादेँ हेँ येसे
उम्र भर ही गुन्-गुनाता जाउँ

Friday, December 31, 2010

झरी


भने मैले नझरीदेन ए झरी
सोध्यो मलाई उस्ले कसरी।।
भने मैले आँखा नऊगारि यसरी
बर्षी रहेछस् तँ ऐले जसरी।।

गडगडायी बडबडायी गर्ज्यो ऊ फेरी
करयो आक्रोशमा चम्कायी बिजुली।।
मडारी ल्यायो कालो लपटोमा बेरी
रिशका दाना सरह बर्षायो बेसरी।।

तेरो जलका दानाले पालुवा पलाउँछ
बन्जर माटोमा पनि फुल फलाउंछ।।
रिशमा उन्मत्त आज बिनाशि भै यसरी
बर्षी रहेछस् किन तँ ऐले जसरी।।

Monday, June 28, 2010

केसे?


एक दिल ही तो था जो मेरा अपना
आज वो भी आपको दे दिया
जमाने ने तो हमसे कुछ अच्छा नहीं किया
अब अबकी बार जो किया सो किया

एक दिल ही तो था जो मेरा अपना
आज वो भी आपको दे दिया

आइना की तरह संभाला है इसको
कहीं टूटे ना आपसे
खैर आइना तो बदल भी जाता है
पर दिल को हम बदलें कैसे?

Thursday, March 4, 2010

मेरा बापका क्या जाता हे.......... नाम हे मेरा "क्या" गांठ्ठे?

बिगरेको घरको भत्केको चाला, मैले गरेको कामले मेरा बापका क्या जाला । येस्तै सोचिरहे होलिन मन्त्रि ज्युले “आज भोलि”। सतिले सरपिको देशमा पतिले छडे पछि, दाइजोम पको टिकटले रजनिति गर्न आकि अबलालाई, देशको सम्पत्तिमा तबला बजाउन रोक्ने कस्को हिम्मत छ र हं? मैदानमा आईलाग्ने माथि समाज जाइलाग्ला भन्ने डर। समजलाई धेरै शेव गरेकि छिन् हरे, पैलेकि शमाजसेविक पो हुन्त, (दन्ते कथाम सुनेको थेँ मैले)।

जनताको अगाडि भुक्न र छिमेकीको सामु झुक्न साथ्मा प्रहरिलाइ कुट्नमा मसुर नाइक है होसियार। नाइकाकै कुरा गर्दा छिमेकमा भदै पनि छिन् क्यार। अलि अलि नट्कको चस्का पस्यो होलानि छिमेक भ्रमण गर्द यिनिलाई पनि कि कसो?

"जसो जसो दिल्लीका बजे उसो गरि पस्पोर्ट स्वाहा"।

यो के मन्त्र भनेर सोचेको? लौ यति पनि थाहा भएन मेरि बासै। अब नेपालमा सबै पुजा छिमेकी बजेले गर्नि रे। नेपलत जातिय सङ्ग्यतामा गयो। नेपालि पुरेत अनि भट्ट्लाइ ल्यायो भने जातिय कुरा सुरु होला। तेसैले नपालमा शान्ति सुरक्छ्या कायाम गर्न सबै काम छिमेका बाजेले गर्नि भाक छन्। ल हेरत कति शान्त छ नेपाल अैले। एउटा चरो मारेको नि सुनिदैन। दिल्लीका बाजेले जे मन्त्र सुनाउँछन् नेपाली हरुले गर्नु पर्छ रे।
क्रमश….

Wednesday, March 3, 2010

नया नेपाल

सबै दलहरुको स्वार्थि बिचार
देश भरि चल्यो है हाहाकार
मन्त्रि पदमा पैसाकै कारोबार
जनताहरु भए सबै बेरोज्गार

बिदेशिको गरेरै जयजयकार
हारेकालाई प्र।म को पुरस्कर
जातियतामा फेरियो देशको अनुहार
खै त कता छ नेपाली सरकार

Thursday, December 31, 2009

नसम्जाई देउ मलाई

रम्न देउ मलाई मेरा भावनामा
अनगिन्ती चोट अनी गाउहरुमा
बाँच्न देउ मलाई मेरा कल्पनामा
टुक्रिएका र झुत्रिएका सोप्नहरुमा

भुल्न देउ मलाई मेरा मदहोशिमा
बिलाशि अनी बेहोशिहरुमा
बितन देउ मेरा रात एकान्तमा
अन्धकारमा अल्जिएक पर्तिबिम्बहरुमा

शिर्सक बिनाको रचना!!!

दोर्याउन चाहान्न म ति गल्तिहरु
अन्जानमा मैले गरिसकेँ
रित्याउन चाहान्न मेरा यि आँखाहरु
यिन्लाई खुसीले भरीसकेँ

नभिजाइदेउ फेरि मेरा यी आँखाहरु
जस्लाई मैले पुछिसकेँ
नकोट्याई देउ मेरा ती घाउहरु
तिनीहरु ऐले सुकिसके

Friday, November 13, 2009

यादेँ


आप आए मेरे ख्वाबोमे
सपनोमे छाए हो बाहरोमे
दिलकि हर धड्कनो मे
सासोँ मे हो हवा मे
बास आपिहो मेरे हर् दिशाओँमे


लिए जा राहाहुँ
आकेले
जिए जा राहाहुँ
आकेले

बस ढुंडरहा हुं आपको इन् फिजावोमे।

Thursday, September 24, 2009

अबोध सोच!!


चिन्न त चिने मैले तिमीलाई
तर तिमीले बुझन बाँकी रहेछ
आफ्नो त ठान्यो मनले तिमीलाई
तर तिमीले अप्नाउन बाँकी रहेछ

भन्न खोज्छु मनका कुरा
तर मुखमा आइ अड्कि रहेछ
पोखन खोज्छु आफ्ना भावना
तर गँठो परी अल्झि रहेछ

सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी
एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी
अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ
देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।

Thursday, September 3, 2009

अर्थ !!

अनगिन्ती दु:ख त जीवनमा छदैछ
तर सुखको पल एक चोटी मात्र आउंछ
चिन्छ जस्ले, जिवनको आन्न्द पाउंछ
चिन्दैन जस्ले, आफ्नो सम्पुर्ण जिवन गुमाउंछ

खुसीका पलहरु भले सानै किन नहोस
तर त्यस्ले मनलाई हर्षित बनाउंछ
ठुलोको आसाम बांच्नेहरुको हातमा
अन्तत, केवल शुन्यता मात्र आउछ

आडिशेको मन र कुबेरको धन
कस्ले पो रित्याउन सक्छ होला
स-साना खुसीलाई अङ्गाल्दै हिँड
सफ्ल पाउनेछौ आफ्नो मानव चोला।

Thursday, July 23, 2009

अब्ष्ट्राक्ट् प्रेम !!!

आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ
आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ
न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै
तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ

कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु
सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ
तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु
कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु

Thursday, June 18, 2009

दैब बनाए जोडि एउटा कानो अर्की कोडी

मेरो जिवनको एक मात्र भुल
कोपिला मेरो प्रेम् तिमी मेरी फुल
साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा
मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।

सन्देश बोकी परेवाले सए डाँडा काटेछ
तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ
बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर
घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।

कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी
बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी
हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी
माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी

Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।


Thursday, April 16, 2009

नमस्कार

चुनाव अगी दियो भाष्ण, ठोकेर नमस्कार
जित्यो चुनाव पायो सत्ता फेरी गो भोट बेकार्
आऊथ्यो पैदल दैलोमा, गाउदै सबैको जयजयकार्
पजेरो पएर भुईमा टेकदैन, जनतलाई तिरस्कार्।।

राज्नैतीक रेशमा नेताको कुस्ति, कुर्सिको पुरस्कार्
भोक र नाङ्गा जन्ताहरुमा सँधै नै हाहाकार्
देशको गती नेताको मति, छाक टार्न मारामार्
जन्तालाई मुक्ति नेतालाई बुद्धि देखाइदेउ चमत्कार्
... ... ... ... ... ... हे प्रभु देखाइदेउ चमत्कार्।।

Saturday, March 7, 2009

सडक


आक्रोसको ज्वाला दन्केको छ
छाएको छ अशन्तिको माहोल
कलको बिऊले फैलाउँदैछ जरो
मौलाउदैछ कुक्रिती र,फेरि होमियो सडक

जुलुस र नाराले गुञ्जेकाछन् कानहरु
ढुङ्गा र मुडाको हुन्छ हानाहान
लावरीस जुत्ता र टायरको बन्यो मसानघाट
कुर्शीको युध्हमा, फेरि होमियो सडक

अश्रुग्याशले पोल्छ उस्का आँखाहरु
चिरीन्छ छाती ईँट्टाको बर्षाले
प्रहरीको डण्डा बर्षन्छ उसैमाथी
जन्तको असन्तुस्टिमा, फेरि होमियो सडक

Thursday, March 5, 2009

सुकेको पात को एक सर्को ले

मिठो सपना बनी रमाई रहेको म
कोमल किरण बनि आईदियै तिमी
हाँगामा अल्जेको पात थीए म
शीतल बताश बनि छाइदियै तिमी

कोल्टे फेर्यो जिवनको मोढ ले
एक्लै छडी हराई दियै तिमि
सुकेको पात को एक सर्को ले
बर्णन गर्छ मेरो सम्पुर्न जिवनी।

Sunday, February 22, 2009

सोच्दा हुन् बुद्धले.....

के नै भयो र बुद्ध नेपालमा जन्मिएर पनि
अशान्ति र अशिक्षाको बादल छाएकोछ देशै भरि
अन्यौलको वाताबरणमा बांचेका छन् नेपालीहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

राज्य नै त्यागि जङ्गलमा गएका थिए बुद्ध
बुद्धत्वोले संसार पार्न खोजेका थिए सम्ब्रिद्ध
जङ्गलैबाट आए राज्य चलाउने राज्यकर्ताहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

जगमगायो धर्ती साह्रा लुम्बिनीको उज्यालोले
शान्तिको प्रतिक सामू हार मान्यो कालो तुँवालोले
आफ्नाको रगतमा रमाउँछन् बुद्धका नेपाली भाइहरु
सोच्दा हुन् बुद्धले:"नजन्मिएको भए हुन्थ्यो नेपालमा बरु"।

Thursday, February 12, 2009

जुन जोगी आएनी कानै चिरीएका

देश चलाउन आए मावोबदी नेता।
देशलाई बनाए न यता न उता।।
जनतालाई देखाए तिनले ठुलो आस।
नेताको चालाले जनता भए फेरि हताहाष।।

सरकारमा जो आऊन्छ चड्यो उसले गाडी।
प्रचन्ड पनि के कम, दिए तेस्लाई दोर्याई।।
प्रमले चडे एक करोडको गडी सररर।
दुई करोड जनता रोए फेरि धररर।।

नेपालको राजनती हो की, हो यो ढुकिटी।
जुनै सरकारले पनि पार्छ जनतालाई सुकुटी।।
नया सरकारबाट जनताले नया नेपाल हेरेका।
नेपालको रजनिती 'जुन जोगी आएनी कानै चिरीएका'।।

Sunday, February 8, 2009

"श्री" नम्बर कती?


"न्याय नपाए गोरखा जानु" भन्ने किम्बदन्तिबाट सुरु भएको नेपालको 'श्री ५'को पद राजा ज्ञानेन्द्रमा आइ समाप्त भएको छ। बडा माहाराज श्री ५ प्रिथ्वीनारायण शाहा द्वारा सुरु गरिएको नेपालको एकीकरणलाई उनका छोरा बहादुर शाहले बिशल रुप दीएका थिए। शाह परिवारको यत्रो योग्दानलाई नेपालीले कहील्यै पनि भुल्ने छैनन्। यस योग्दानका वापत् होला नेपाली जनताले शाहा परिवारलाई श्री ५ को समानजनक पदले सम्मानित गरेक। यसैगरी बि सं १९०३ मा प्रधानमन्त्रि जङ्गबाहादुर राणाले आफ्ना सात भाइका सहायताले १०४ बर्षे लामो एकलौटी 'श्री'३ शासनको स्थापना गरेका थिए। श्री ५ होस या श्री ३ दुबैको शासन प्रणाली एकै प्रकारको थियो; 'नतावाद र क्रिपावाद'। परापुर्वककाल देखिनै नेपालको शासनको मुल मन्त्र नातवाद रहेको छ। श्री ५ को बिंडो छोरा नतिमा दीइयो र त्यसै गरि श्री ३ को भाइहरुमा सुम्पियो। यती मात्र होइन सम्पुर्ण ठुला तवरका सरकारी वोहदाहरु पनि आफ्ना नाता कुटुम्बमा नै सिमीत गरियो।

शाहा बंशले श्री ५ पदको सम्मान पाउनकालगि निकै सङगर्स गारी स-साना राज्यहरुलाई एक्क्रित परी बिशाल नेपालको निर्माण गरेको थिए। नेपाल एकिकरणको दौरनमा शाह पविवरले धेरै युद्धहरु लडेका थिए, हजारैं मरेका थिए भने लखैंलाई मरेका पनि थिए। यत्रो रक्तपात र दु:ख गरि नेपाल बनएको बदलामा नेपालि जनताले पुरा १३ पुस्तालाई नै श्री ५ ले सम्मनित गरेका थिए। सोही प्रकारले बि सं १९०३मा भिषण कोत पर्वको रचना गरि राणाहरुले रगतको अक्षरमा श्री ३ आफ्नो नामको अगाडी लेखेका थिए। हुनत राणा सरकारलाई जनताहरुले यो पदवी दिएका भने होइन। 'अरुले तँपाईं नभने पनि आफैं मपाईं गर्छु' भन्दै राणाहरुले श्री ३ को पदक आफ्नो नामको आगाडी झुन्डयाएका थिए, तर पनि जनताले यसलाई शिरोपर गरेका थिए। आफ्नो मावोलीलाई त नछोडी रगतको खोलो बगाएर जंगबहादुरले कोत पर्वबाट आर्जेको श्री ३ लाई निमुखा जनताले कसरी नकार्न सक्थे र।

अब प्रशन उठ्छ वर्तमान सरकार 'श्री' को योग्य छकि छैन त? अतित्को पाना पल्टाएर हेर्दा; श्री ५ को लागी ठुलो युद्ध भयो। बाइसे र तेहिसे स-साना राज्याका हजारैं मारिए र शाह-हरुले एकछत्र नेपालमा श्री ५ को झण्डा फर्फराए। श्री ३ को लागी राणाहरुले पनि कोतमा रगतको होली खेल्दै एकलौटी तानाशाही सरकारको चक्रबिउ रचे। दुबै सरकरले सत्तामा आफ्ना मान्छे मात्र राखे। दुबै सरकार एकै मुल मन्त्रको जप्थे: "मै खाउँ मै लाउँ, सबसुख-सयल मोज मै गरैं"।
यस्तै गुणले ओत्प्रोत् भै तत्कलिन माओवादि सरकार पनि सत्तामा आएको छ। यो सरकर पनि ठुलो जन युद्धबाटा सत्ताम पुगेको हो। यिनीहरुले पनि भयङ्कर् ठुलि ग्रिह युद्ध रचेर ब्यापक रुपमा नेपालीको रगत बगाएका थिए। यो सरकारले पनि सतामा आउन-नपाई आफ्नो नाता कुटुम्बको लामो लिस्ट नै सरकारमा हुलेको छ। फरक यति मात्र छकि शाह र राणा सरकारमा मात्र एउट परिवरको मात्र बर्चस्वो रहेको थियो। तर माओवादि सरकरमा भने एक नभै दुई परिवार 'दाहाल' र 'भट्टराई'परिवरको हैक्म छ।

मावोवादि सरकारको त्यग र बलीदानको कदर नेपाली जनताले गरेक भने छैनन्। यो सरकारको यति ठुलो योग्दानको नेपाली जनताले सम्मान गर्नु पर्नेहो। पहिलेका दुई परिवार सरह यो दुई परिवरलाई पानि 'श्री' पदले स-समानित गर्नु पर्छ ज्सतोलाग्छ। कैयैं बर्ष भुमिगत रही सत्तमा आउननपाई सरकारलाई आफ्नो नाता कुटुम्बाले झकिझकाउ पर्दा पनि के मावोवादिका खम्बा 'दाहाल' र 'भट्टराई'नया श्री को योग्य छैनन् त? अवस्य छन्। 'श्री २ पुष्पकमल(प्रचण्ड) दाहाल' र 'श्री १ बाबुरम भट्टराई' को स्वगत नेपाली जनताले खुल्ला ह्रिदय ले गर्नुपर्छ।